काठमाडौं, १५ कात्तिक । शेयर बजारमा आज धेरै दिनपछि हरियाली छाएको छ ।
नेप्से परिसुचक ५६ दशमलव १० अंकले बढेर १९३० दशमलव ९७ विन्दुमा पुगेको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ११ दशमलव २८ अंकले वृद्धि भएर ३८२ दशमलव १४ विन्दु कायम भएको हो ।
आज २३१ कम्पनीको १ अर्ब २९ करोड ६६ लाख ४ हजार ६ सय ४२ रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ५ सय ९४ कित्ता शेयर खरिद विक्रि भएको हो ।