काठमाडौ, १६ कात्तिक । महिला प्रहरीलाई बलात्कार गरेको अभियोगमा एक इन्सपेक्टर पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
बलात्कार प्रयास गरेको अभियोग लागेका इन्स्पेक्टर अपुर्व ढंगानालाई जिल्ला अदालत धादिङले उनलाई मगलबार थुनामा पठाउने आदेश दिएको स्रोतले जनाएको छ ।
ढूंगानाले इलाका प्रहरी कार्यालय, खानीखोलामा कार्यालय प्रमुखका रुपमा कार्यरत भएको समयमा सोही कार्यालयमा कार्यरत महिला प्रहरीमाथि गत असोज १५ गते राति १ बजेतिर ब्यारेकमा पसेर इन्स्पेक्टर ढुंगानाले बलात्कार प्रयास गरेको भन्दै उजुरी दिएकी थिइन् ।