Logo

ललितपुर–२ का स्वतन्त्र उम्मेदवार डा. दीपेश केसीको आक्रामक घरदैलो, यस्ता छन् चुनावी एजेण्डा



काठमाडौं, १६ कार्तिक । आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाको लागि ललितपुर–२ बाट स्वतन्त्र उम्मेदवारी दिएका डा. दीपेश केसीले आक्रामक रुपमा घरदैलो कार्यक्रम सुरु गरेका छन् । आफ्नो क्षेत्रको विकासको लागि खास एजेण्डासहित उनी चुनावी मैदानमा उत्रिएका छन् ।

आज (बुधबार) भने केसी कृष्ण मन्दिर र मङ्गलबजार क्षेत्रको घरदैलोमा पुगेका हुन् । उनको चुनाव चिन्ह क्रस खुकुरी रहेको छ। उनले ‘पाकाको आशिर्वाद र युवाको साथ’ नारा बोकेर आफ्नो प्रचारप्रसार सुरु गरेका छन् । केसीले मुलुकमा प्रादेशिक राज्य–संरचनाको आवश्यकत्ता नरहेको भन्दै खारेजीको एजेण्डा बोकेका छन् । उनले केन्द्र र स्थानीय गरी दुई तहको सरकारमा जोड दिएका छन् ।

यस्ता छन् केसीले अघि सारेका चुनावी एजेण्डा र आफ्नो उम्मेदवारीको कारण :



प्रतिक्रिया दिनुहोस्