काठमाडौं, १६ कार्तिक । राप्रपाका युवा नेता तथा प्रतिनिधिसभाको लागि बर्दिया–२ का उम्मेदवार विनय रावलले आफूले बर्दियाको समग्र विकासमा पुर्याएको योगदानलाई कदर गरेर बर्दियाली जनताले संसद्मा पठाउने विश्वास लिएका छन् ।
रावलले आफू विगत ७ वर्षदेखि बर्दियाको विकासको लागि अनवरत लागिपरेको बताउने गरेका छन् । अहिले उनलाई चुनावी प्रचारप्रसारको लागि भ्याईनभ्याई छ । यो बीचमा उनले आफूले गरेका समाजसेवाका फेहरिस्त सार्वजनिक गरेका छन् ।