काठमाडौं, १६ कात्तिक । शेयर बजारमा आज झिनो अंकले वृद्धि भएको छ । नेप्से परिसुचक ७ दशमलव ३२ अंकले बढेर १९३८ दशमलव ३० विन्दुमा पुगेको हो ।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ० दशमलव ७९ अंकले वृद्धि भएर ३८२ दशमलव ९४ विन्दु कायम भएको हो ।
बुधबार नेप्सेमा २२७ कम्पनीको १ अर्ब ४६ करोड ७९ लाख १४ हजार ८ सय ७५ रुपैयाँ बराबरको ४३ लाख ४६ हजार ७ सय ८ कित्ता शेयर खरिद विक्रि भएको हो ।