Logo

खजुरा क्यान्सर अस्पतालमा विशेषज्ञ सेवाको तयारी



काठमाडौँ,१६ कार्तिक । बाँकेको खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालले विशेषज्ञ सेवा सुरु गर्ने तयारी गरेको छ । क्यान्सर रोगको सम्पूर्ण उपचार गर्न सक्ने अवस्था बनाउन आवश्यक थप जनशक्ति र उपकरणको व्यवस्था गरी विशेषज्ञ सेवा दिने गरी तयारी भइरहेको अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द« मल्लले बताए ।

उनका अनुसार सुशील कोइराला क्यान्सर अस्पतालमा क्यान्सरको सम्पूर्ण विशेषज्ञ सेवा प्रदान गर्न स्वास्थ्य मन्त्रालयसँग आवश्यक छलफल भइरहेको छ । अस्पतालमा युरोलोजिस्ट भए पनि पिसावसम्बन्धी सम्पूर्ण उपचार र शल्यक्रिया हुन नसक्दा बिरामी अन्य ठाउँमा उपचार गराउन जानुपर्ने बाध्यता रहेको छ । अस्पताल विकास समिति अध्यक्ष मल्लले क्यान्सर रोगसम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा विस्तार गर्ने कार्यलाई आप्mनो प्रमुख जिम्मेवारीका रुपमा लिएर नयाँ योजनासहित काम गरिरहेको बताए ।

अस्पतालमा आवश्यक पर्ने भौतिक पूर्वाधार, उपकरण र जनशक्ति थप्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग आवश्यक छलफल गरिरहेको उनको भनाइ छ । खजुरामा विशेषज्ञ सेवा नपाएपछि यस क्षेत्रका बिरामी भारतको लखनउ, भरतपुर क्यान्सर अस्पताल चितवन र काठमाडौँसम्म पुग्ने गरेका छन् । बाँकेको खजुरामा रहेको क्यान्सर अस्पतालले कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका बिरामीलाई उपचारको लागि अन्यत्र जान नपर्ने गरी सेवा विस्तार गरिनुपर्ने अस्पतालका संस्थापक अध्यक्ष किस्मतकुमार कक्षपति बताउछन् ।

सुशील कोइराला क्यान्सर अस्पताल खजुरामा हाल वार्षिक रुपमा करिब एक हजार तीन सय बिरामी उपचार गराउन आउने गरेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्