Logo

कांग्रेस उम्मेदवार जिताउन नेविसंघ सभापति दुजाङ शेर्पा झापा ओर्लिए



काठमाडौं, १६ कार्तिक । नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पा पार्टीका उम्मेदवार जिताउनको लागि चुनावी मैदानमा खटिएका छन् । पार्टीको नीतिअनुसार शेर्पा पार्टी र गठबन्धनका उम्मेदवार जिताउनको लागि फिल्डमा खटिएका हुन् । शेर्पा चुनावी अभियानको दौरान झापा ओर्लिएका छन् ।

पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र महामन्त्री विश्वप्रकाश शर्मालाई जिताउनको लागि फिल्डमा उत्रिएका हुन् । उनले देशमा राजनीतिक स्थायित्व र समृद्धिको लागि कांग्रेस नेतृत्वको गठबन्धनको जित आवश्यक रहेको बताएका छन्

। उनले राजनीतिक परिवर्तन, नयाँ संविधानसँगै अब समृद्धिको यात्रामा पनि कांग्रेसले नै देशलाई डोर्याउने भन्दै आम मतदाताले कांग्रेसलाई बहुमत दिलाउने विश्वास व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्