Logo

बसको झ्यालबाट टाउको बाहिर निकाल्ने बालकको रुखमा ठोकिएर मृत्यु



काठमाडौं, कात्तिक १७ । राजधानीको लाजिम्पाटमा हिजो दिउँसो भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका बालकको राति मृत्यु भएको छ।

दिउँसो साढे ३ बजे बा१क ४६४२ नम्बरको स्कुल बसमा सवार नयाँ बसपार्क बस्ने १३ वर्षीय आयुष्मान दाहालले मृत्यु भएको हो।

आयुष्मानले बसको झ्यालबाट टाउको बाहिर निकालेर यात्रा गरिरहेका थिए। सोही क्रममा उनको टाउको सडक किनारमा रहेको रुखमा ठोकिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा राति सवा २ बजे मृत्यु भएको हो। बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।



प्रतिक्रिया दिनुहोस्