Logo

सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार



काठमाडौं, १७ कात्तिक । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । सुनको मुल्य ४ सय र चाँदीको १० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा खरिद विक्रि भइरहेको छ ।

त्यस्तै, चाँदीको मुल्य पनि १० रुपैयाँले घटेर प्रतितोला १२ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot