Logo

विप्लवसहित कट्टेल र आहुतीले पनि चुनाव बहिस्कार गर्ने



काठमाडौं, १७ कात्तिक । तीन कम्युनिष्ट पार्टीहरुले आगामी मंसिरमा हुने निर्वाचन बहिस्कार गर्ने भएका छन् । नेत्र विक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा र आहुतीले नेतृत्व गरेको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले चुनाव खारेज गर्ने निर्णय गरेको हो ।

तीन पार्टीको बुधबार बसेको बैठकले मंसिर ४ गते हुने प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचन बहिस्कार सम्बन्धि कार्यक्रम र अपिलका लागि कात्तिक १९ गते पत्रकार सम्मेलन गर्ने भएको छ ।

तीन पार्टीद्धारा जारी विज्ञप्तीमा भनिएको छ,‘बैठकले दलाल पूँजीवाद संसदीय सरकारले आफ्नो व्यवस्था टिकाइराख्न मंसिर ४ गते गर्न लागेको संघ र प्रदेशको निर्वाचन बहिस्कार/खारेजी गर्ने निर्णय गर्यो ।’



प्रतिक्रिया दिनुहोस्