Logo

कांग्रेस कार्यकर्तालाई प्रचण्डको आग्रह : विगतका तीतामीठा बिर्सेर ऐतिहासिक भूमिका खेल्नुहोस



काठमाडौं, १७ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतका तितामीठा कुरा बिर्सिएर ऐतिहासिक भूमिका खेल्न कांग्रेसका कार्यकर्ताहरुसमक्ष आग्रह गरेका छन् । आज (बिहीबार) गठबन्धनका उम्मेदवारहरूको उपस्थितिमा गोरखा–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । यसपटक दाहाल गोरखा–२ बाट चुनावी मैदानमा छन् ।

उनले आफूले गिरिजाप्रसादलाई राष्ट्रिय अभिभावकका रूपमा सम्मान गरेको विषयलाई सबैले बुझ्नुपर्ने पनि बताए । उनले शान्ति प्रक्रियाका दुई हस्ताक्षरकर्ता गिरिजाबाबु र आफूमध्ये एक गिरिजाप्रसाद कोइराला नभएको अवस्थामा कांग्रेसजनले आफ्नो महत्व बुझ्नुपर्ने कुराको उल्लेख गरे ।

उनले भने,‘शान्ति सम्झौतामा हस्ताक्षर गर्ने एउटा पक्ष प्रचण्डलाई उहाँ मृत्युशय्यामा पुगेका बेला तपाईँ हुनुहुन्छ म ढुक्क छु भन्ने ठाउँमा पुर्‍याएको कुरालाई गिरिजाबाबुको गल्ती कमजोरी भन्न सक्नुहुन्छ ? प्रचण्डको गल्ती कमजोरी भन्न सक्नुहुन्छ ? सबै सचेत साथीहरूले विशेषरूपमा विचार गर्नुस् ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्

Screenshot