Logo

नेप्से दोहोरो अंकले घट्यो



काठमाडौं, १७ कात्तिक । साताको कारोबारको पाँचौ दिन शेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ ।

नेप्से परिसुचक १६ दशमलव १४ अंकले घटेर १९२२ दशमलव १६ विन्दुमा पुगेको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव ५० अंकले घटेर ३७९ दशमलव ४३ विन्दुमा थामिएको छ ।

नेप्सेको अनुसार आज २२० कम्पनीको ८९ करोड ८९ लाख ७ हजार ८ सय ३० रुपैयाँ बराबरको २७ लाख ६७ हजार ५ सय ३९ कित्ता शेयर खरिद विक्रि भएको हो ।



प्रतिक्रिया दिनुहोस्