Logo

भायानेटले आईपीओ जारी गर्ने



काठमाडौं, १७ कात्तिक । भायानेट कम्युनिकेशन प्रालि पब्लिक लिमिटेडमा रुपान्तरण भएको छ । कम्पनीले आफ्नो नाम बदलेर भायानेट कम्युनिकेसन लिमिटेड राखेको छ ।

लिमिटेडमा रुपान्तरण भएसँगै कम्पनीले चाँडै धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी गरेको हो ।

सन् १९९९ मा निजी इन्टरनेट सेवा प्रदायकको रूपमा भायानेटले सेवा प्रारम्भ गरेको थियो । सन् २०११ मा भायानेटले पहिलो पटक फाइबर–टू–द–होम (ँत्त्ज्) भनेर चिनिने फाइबर अप्टिक्स इन्टरनेटको सुरुवात गरेको हो ।

सन् २०१६ मा कम्पनीले नेपालमै पहिलो आईपीटीभी सेवा सञ्चालनमा ल्याएको थियो । भायानेट देशका ३० शहरमा विस्तारित भइसकेको कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot