Logo

सिंहदरबार गेटमा मोटरसाइकलले ठक्कर दिँदा परराष्ट्रकी अधिकृत सुब्बाको ज्यान गयो



काठमाडौ, कात्तिक १८ । परराष्ट्र मन्त्रालयकी अधिकृत आस्था सुब्बाको मोटरसाइकलको ठक्करबाट निधन भएको छ। परराष्ट्रका एक अधिकारीका अनुसार मन्त्रालयबाट घर फर्किने क्रममा सिंहदरबारको पूर्वी गेटअघि बिहीबार बेलुकी भएको दुर्घटनामा उनको मृत्यु भएको हो। ट्राफिक प्रहरीका अनुसार बाटो काट्ने गर्ने क्रममा सुब्बालाई मोटरसाइकलले हानेको थियो।

अनामनगरमा बस्दै आएकी सुब्बालाई उपचारका लागि काठमाडौं मोडल अस्पतालमा लगिएको थियो। अस्पतालले उनलाई मृत्यु घोषणा गरेको हो। अधिकृत सुब्बा मन्त्रालयको राष्ट्र संघ महाशाखामा कार्यरत थिइन्।



प्रतिक्रिया दिनुहोस्