Logo

वडा सदस्यको निधनमा गाउँपालिकामा सार्वजनिक विदा



खोटाङ, कात्तिक १८ । वडा सदस्यको निधनमा खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले सार्वजनिक विदा दिएको छ ।

दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका वडा सदस्य पदमकुमारी नेपालीको निधनमा गाउँपालिकाले शुक्रबार सार्वजनिक विदा दिएको हो । दाँत दुख्ने समस्याले गिँजा पाकेपछि सिकिस्त भएकी वडा सदस्य नेपालीको बुधबार राति सुनसरीमा निधन भएको थियो ।

नेपालीको निधनपछि बिहिबारको गाउँ कार्यपालिकाको निर्णय अनुसार गाउँपालिका मातहतका सरकारी कार्यालय तथा विद्यालयमा सार्वजनिक विदा दिइएको गाउँपालिकाले जनाएको छ ।
ब्खबतबच



प्रतिक्रिया दिनुहोस्