Logo

सन्दिप लामिछानेविरुद्धको मुद्दाको बहस सकियो, केहीबेरमा आदेश आउने



काठमाडौं, १८ कार्तिक । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको थुनछेक बहस सकिएको छ । सो मुद्दामा बहस सकिएसँगै अहिले केहीबेरमा आदेश आउने भएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा थुनछेक बहस भएको थियो । लामिछानेको बहस भने मंगलबार नै सकिएको थियो । सो बयानको क्रममा उनले आफूले करणी नगरेको जिकिर गरेका थिए ।

सन्दीपलाई १० देखि १२ वर्षसम्मको कैद सजायको मागदाबी गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । अब आउने आदेशमा भने अदालतले मुद्दाको पुर्पक्षका लागि सन्दीपलाई थुनामा पठाउने कि धरौटी वा साधारण तारेखमा राख्नेछ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot