Logo

मोहन बैद्य र धर्मेन्द्र बास्तोलाका पार्टीनिकट विद्यार्थी संगठनद्धारा चुनाव बहिष्कार गर्न आह्वान



काठमाडौं, १८ कार्तिक । आगामी मंसिर ४ गते हुने निर्वाचन बहिष्कारको लागि मोहन वैद्य नेतृत्वको नेकपा ९क्रान्तिकारी माओवादी० निकट अखिल ९क्रान्तिकारी० र धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमत निकट अखिल ९क्रान्तिकारी०ले अपिल गरेका छन् ।

दुवै विद्यार्थी संगठनले आज (शुक्रबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चुनाव बहिष्कारको लागि आह्वान गरेका हुन् । यी विद्यार्थी संगठनका मूल पार्टीले यसअघि नै निर्वाचन विथोल्ने निर्णय गरेका थिए । पार्टीको नीतिअनुसार नै आफूहरुले पनि निर्वाचन बहिष्कारको नीति लिएको संगठनका अध्यक्षहरुको दाबी छ ।

अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल र अखिल ९क्रान्तिकारी० का अध्यक्ष मिलन राईले संयुक्त विज्ञप्ति निकालेर देशव्यापी निर्वाचन बहिष्कार र आन्दोलनका कार्यक्रम गर्न पार्टी संगठनलाई निर्देशन दिएका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot