काठमाडौं, १८ कार्तिक । एक नाबालिगलाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाइएको छ ।
काठमाडौं जिल्ला अदालतले आज लामिछानेलाई पुर्पक्षको लागि कारागार चलान गर्ने आदेश दिएको हो ।
सो आदेशसँगै उनलाई सुन्धारामा रहेको केन्द्रीय कारागार पठाइएको छ ।
आज (शुक्रबार) काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलाशले लामिछानेलाई सुन्धारास्थित केन्द्रीय कारागार चलान गर्न आदेश दिएको हो ।
थुनछेक बहसपछि न्यायाधीश घिमिरेले लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएका हुन् ।