काठमाडौं, १८ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले एक इन्च जमिन पनि कसैलाई नछाड्ने बताएका छन् ।
चुनावी अभियानको सुरुवात गर्न दार्चुलाको खलंगा पुगेका ओलीले यस्तो बताएका हुन् ।
उनले सीमाको विषयमा भारतलाई सानो चित्त नदेखाउन र झमेला नगर्न आग्रह पनि गरेका छन् ।
उनले नेपालले आफ्नो एक इन्च जमिन पनि मिच्न नदिने भन्दै मिचेको भएपनि फिर्ता ल्याईछाड्ने घोषणा गरे ।
उनले सिमाको विषयमा भारतले झमेला झिकेको भन्दै सानो चित्त नदेखाउन भारतलाई आग्रह गरेका छन् ।
यसअघि ओलीले आज कैलालीको धनगढीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोलेका थिए ।
सो क्रममा नेकपा (एस)लगायत विभिन्न पार्टी परित्याग गरेकाहरुलाई उनले आफ्नो पार्टीमा स्वागत गरेका थिए ।