Logo

केपी ओलीमाथि खनिए प्रचण्ड, देशलाई राजतन्त्रतिर फर्काउन एम्बुस थापेर बसेको आरोप (भिडिओसहित)



काठमाडौं, १८ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान मन नपराएको आरोप लगाएका छन् । आज (शुक्रबार) सत्ता गठबन्धन दलहरुको गोरखा नगरपालिका–६ ठूलो आँगनमा आयोजित चुनावी जनभेला तथा कोणसभा कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘एमालेको पछिल्लो नेतृत्वले यो संविधान मन पराएको छैन् । एमालेको पछिल्लो नेतृत्वलाई संविधानसभा, गणतन्त्र, यो परिवर्तन, सबैले अधिकार पाएको, महिला र दलितले अधिकार पाएको मन परेको थिएन । यो संघीयता मन परेको थिएन । समावेशिता मन परेको थिएन । समानुपातिकता मन परेको थिएन । त्यो त बुझिएको थियो । त्यतिमात्रै होइन, नेपालमा संविधानसभा होला अनि गणतन्त्र यति छिट्टै आउला भन्नेपनि उहाँहरुलाई लाग्दैन थियो । एमालेका अहिलेका नेतालाई त्यो लाग्दैन थियो, आउँदैन, हुँदेन अनि हुन सक्दैन भन्थे ।’

उनले आफूहरुले एमाले नेताहरु सुध्रिए होला भनेपनि घट्नाक्रम र व्यवहारले भने त्यो नदेखाएको आरोप लगाए । उनले भने,‘उनीहरु त मौकाको ताकमा रैछन्, उनीहरु त एम्बुस थापेर बसेका रहेछन् । अलिकति अनुकुल परिस्थिति र आफू शक्तिमा आईयो भने यो संविधानपनि च्यातिदिने, सबैले पाएको अधिकार पनि खोसिदिने, र देशलाई राजतन्त्रतिर फर्काउने सपना राखेर बसेका रहेछन् ।’



प्रतिक्रिया दिनुहोस्