Logo

संविधान कार्यान्वयनसँगै आर्थिक विकास आवश्यक : सिंह



काठमाडौं, १९ कार्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनसँगै आर्थिक विकासका लागि सत्ता गठबन्धनलाई मत दिन आवश्यक रहेको बताएका छन् । सङ्घीयताअनुसारको तीनै तहलाई अधिकार सम्पन्न गर्न संविधान अधिकारसूचीअनुसार कानून बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

काठमाडौँ क्षेत्र नं।१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका सिंहले संसद्को एक कार्यकाल संविधान जोगाउनमा लागेको बताए। “संसद्को दुई कार्यकाल संविधान लेखनमा गयो, एक कार्यकाल संविधान जोगााउनै लाग्यो, अब कार्यान्वयनमा लैजानुप¥यो”, शनिबार भएको प्रचारप्रसार कार्यक्रममा उनले भने ।

https://www.facebook.com/uplamichhane/videos/495268985895795



प्रतिक्रिया दिनुहोस्