डडेल्धुरा, कात्तिक २०। प्रधामन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विकास गर्नु आफ्नो कर्तव्य भएको बताएका छन् । गृह जिल्ला डडेल्धुुराको अजयमेरु गाउँपालिका भद्रपुरमा शनिबार आयोजित आमसभालाई सम्बोधन गर्दै देउवाले पहिलेको तुलनामा धेरै विकास भएको बताउदै भने, विकास गर्नु मेरो कर्तव्य हो । अझै विकास गर्छु । डडेल्धुरालाई झन सम्पन्न जिल्ला बनाउने लक्ष्य छ ।
‘डडेल्धुराका धेरैले हावाई जहाज चाहियो भन्नुभएको छ ।’ उनले भने, ‘हवाई मैदानकाल लागि सम्भाव्यता अध्ययन भईरहेको छ । डडेल्धुरामा हवाई जहाज ल्याएरै छोडिने छ ।’ उनले थपे, ‘खानेपानिको अभाव रहेका गाउँहरुमा पानी पु¥योएरै छोड्ने प्रतिबद्धता गर्न चाहान्छु । सतकट्टा भद्रपुर खानेपानि योजना छ । यहाँ सतकट्टाबाट पानि आउछ भन्ने सुनेको छु । पानि ल्याउने विश्वास दिलाउन चाहान्छु ।’
उनले भद्रपुर माविमा पक्कि भवन बनाउने, लामो पर्खाल बनाई घेरबार गर्ने विश्वास दिलाउन चाहेको बताए । ‘भुलकुडा–मगराउ सडक बनाउने विश्वास दिलाउन चाहान्छु ।’ उनले भने ।
उग्रतारा मेलौली पर्यटकिय सडकको स्तोन्नती गर्ने काम भईरहेको उल्लेख गर्दै उनले भने, ‘यो सडक उग्रताराबाट देवल सम्म पुगेको छ । कालोपत्र नै गर्ने भन्ने छ । भईरहेको पनि छ । यो पुरा हुन्छ ।’
प्रधानमन्त्री देउवाले खगराज भट्ट माओवादी केन्द्र सुदूरपश्चिमको नेता भएो उहाँलाई जिताउनुभयो भने सुदूरपश्चिमको विकास पुरा हुने बताए । स्थानीयले उपचार नपाएर ज्यान गुमाउनु परेको अवस्था रहेको उल्लेख गर्दै उनले डडेल्धुरा मेडिकल कलेज बनाएर उपचार यही हुने बताए । ‘चिकित्सा बिषयको अध्ययन डडेल्धुरामै हुने छ ।’ उनले भने, ‘अब पढाई गर्न कहि कतै जानु पर्दैन, भारतका विभिन्न शहर लगायत काठमाडौँ जानु पर्दैन अब यहाँका स्थानीयहरुले ।’
डडेल्धुरा जिल्ला जति सुन्दर छ त्यती धेरै विकास गरेर अझै सुन्दर बनाउने योजना रहेको उनले सुनाए । राजधानी दैनिकबाट