Logo

ओली–रावल वाक् युद्ध



काठमाडौं, कात्तिक २० । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र एमाले नेता भीम रावलबीच पछिल्लो समय वाक् युद्ध चर्किएको छ । ओलीले प्रतिनिधि सभा सदस्यको टिकट नदिएका रावललाई उनकै क्षेत्र पुगेर आलोचना गरेपछि रावलले त्यसको जवाफ सामाजिक सञ्जालमार्फत फर्काएका छन् ।

चुनावी सभाका क्रममा ओलीले रावलको आलोचना गरेपछि जवाफमा रावलले पाँचवटा प्रश्न तेस्र्याएका छन्। अछाम क्षेत्रनम्बर १ बाट पार्टी कमिटीले प्रतिनिधिसभा सदस्यका लागि एकल नाम सिफारिस गरी पठाए पनि केन्द्रमा आइपुगेपछि ओलीले रोकेका थिए। टिकट वितरणको जिम्मा केन्द्रीय समितिले पार्टी अध्यक्षलाई दिएको थियो । उनले रावलको नाम कटाएर केही समयअघि मात्रै माओवादीबाट प्रवेश गरेका नेता झपट बोहोरालाई टिकट दिएका छन् ।

पार्टी फुटको समयमा माधव नेपाल खेमामा रहेका रावललाई ओलीले संगठको हितविपरीत काम गर्दै आएको भनेर आत्मालोचना गर्न निर्देशनसमेत दिएका थिए । उक्त निर्देशनलाई पालना नगरकै कारण टिकट पाउनबाट वञ्चित पार्टीका प्रभावशाली नेता रावललाई अध्यक्ष ओलीले चुनावी आमसभामा समेत गाली गर्न भ्याएपछि रावलको मन थप भक्कानिएको छ ।
शुक्रबाट कञ्चनपुरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘भीम रावलको तपाईंलाई किन चिन्ता भनेर स्थानीय कार्यकर्तालाई प्रश्न गरेका थिए।

उनले भनेका थिए– ‘४८ सालदेखि एकछिन मुख खाली छैन, बूढो भइसक्नुभयो, बेकार किन भीम रावलको चिन्ता, अरूलाई पालो दिनुपर्दैन, एउटै भीम रावल, भीम रावल, केको खेती गरिराख्या भीम रावल, के भीम रावल, थुप्रै रावलहरू हुनुहुन्छ । सुदूरपश्चिममा थुप्रो रावलहरूलाई अगाडि बढाइन्छ ।’ ओलीको यस्तो खस्रो भाषाप्रति स्थानीय नेताकार्यकर्ताको समेत मन कुँडिएको रावल पक्षका कार्यकर्ता बताउँछन् । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्