Logo

श्रीलंकाका क्रिकेटर दानुष्का बलात्कार आरोपमा पक्राउ



काठमाडौं, कात्तिक २० । श्रीलंकाका क्रिकेटर दानुष्का गुणतिलका बलात्कार आरोपमा पक्राउ परेका छन्। उनी अष्ट्रेलियाको सिड्नीमा पक्राउ परेको बीबीसीले जनाएको छ। दानुष्कालाई उनका साथीहरुले सिड्नीमै छाडेर हिंडेको समाचारमा उल्लेख छ।

क्रिकेटका समिक्षक रेक्स क्लेटेन्टाइनले सामाजिक सन्जालमा दानुष्का बलात्कार आरोपमा शनिबार पक्राउ परेको उल्लेख गरेका छन्।

उनका अनुसार दानुष्का तीन हप्ता अगाडि घाइते भएका थिए। त्यसपछि एशेल बंडाराले टिममा उनको स्थान लिएका थिए। उनलाई सिड्नीको एक होटलमा २९ वर्षीया महिलासँगै प्रहरीले पक्राउ गरेको अन्तर्राष्ट्रिय मिडियाहरुले लेखेका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot