Logo

ह्वात्तै बढ्यो सुनको मुल्य, प्रतितोला कति पुग्यो ?



काठमाडौं, २० कात्तिक । नेपाली बजारमा आज सुनको मुल्य ह्वात्तै बढेको छ । शुक्रबार प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन प्रतितोला १ हजार ४ सय रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन तोलाको ९४ हजार रुपैयाँमा खरिद विक्रि भइरहेको छ ।

यसैगरी, सेतो धातु चाँदीको मुल्य ५० रुपैयाँले बढेर १ हजार २ सय ७५ रुपैयाँमा किनबेच भइहरेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot