काठमाडौं, २० कात्तिक । मकवानपुर प्रदेशसभा क्षेत्र नंं. २ (ख)मा नेपाली कांग्रेस वीपीका उम्मेदवार पदम बहादुर तितुङले उम्मेदवारी निस्क्रिय बनाएर इन्द्र बानियाँलाई समर्थन गर्ने भएका छन् ।
आज बिहान पत्रकार सम्मेलनको आयोजना गरेर तितुङ गठबन्धनका उम्मेदवार बानियाँलाई समर्थन गर्ने जानकारी दिएका हुन् ।
उनले कांग्रेसबाट असन्तृष्टि भएर कांग्रेस वीपीबाट उम्मेदवारी दिएको समेत जिकिर गरे । उनले आफ्नो उम्मेदवारीले विपक्षीलाई सहयोग पुग्ने देखेर निस्क्रिय बनाएको बताए ।
बानियाँलाई स्वतन्त्र उम्मेदवार खुसीलाल चेपाङले पनि उम्मेदवारी निस्क्रिएर बनाएर समर्थन गर्ने घोषणा गरेका छन् ।