Logo

आलियाले जन्माइन् छोरी



एजेन्सी, २० कात्तिक । बलिउड अभिनेत्री आलिया भट्टले आज छोरीलाई जन्म दिएकी छिन् । फ्यानदेखि लिएर सेलिब्रेटीसम्म आलिया–रणवीरलाई आमाबुवा बन्नको लागि शुभकामना दिइरहेका छन् ।

आलियालाई आज बिहानै मुम्बईको एचएन रिलायन्स अस्पतालमा भर्ना गरिएको थियो । यो अस्पताल मुम्बईको गोरेगाउँ क्षेत्रमा छ।

यो त्यही अस्पताल हो जहाँ ऋषि कपुर भर्ना भएका थिए र उनको अन्तिम सास फेरेको थियो । यसअघि आलियाले नोभेम्बरको अन्त्यमा वा डिसेम्बरको शुरुमा सन्तानलाई जन्म दिने भनिएको थियो तर नोभेम्बरको सुरुमा कपूर परिवारले छोरीलाई स्वागत गरेको छ ।

केही समय अघि मात्रै आलियाको बेबी शावर संस्कार सम्पन्न भएको थियो । यस समारोहमा बी–टाउनका धेरै सेलिब्रेटीहरू उपस्थित थिए। अनुष्ठानमा, भट्ट र कपूर परिवार दम्पती र तिनीहरूको बच्चालाई आशीर्वाद दिन आइपुगेका थिए । बेबी शावरका धेरै तस्बिरहरू आलिया आफैंले सामाजिक सञ्जालमा सेयर गरेकी थिइन्।

रणवीर र आलियाले यही वर्ष १४ अप्रिलमा परिवार र केही विशेष साथीहरूको उपस्थितिमा विवाह गरेका थिए । यी दुईको पहिलो भेट सन् २०१७ मा फिल्म ‘ब्रह्मास्त्र’ को सेटमा भएको थियो । त्यसपछि यो जोडी एकअर्कालाई डेट गर्न थाले। ५ वर्ष एक अर्कालाई डेट गरेपछि उनीहरुले यसै वर्ष विवाह गरेका हुन् ।

जुन २७ मा आलियाले गर्भवती भएको घोषणा गरेकी थिइन् । आलियाले अस्पतालको फोटो शेयर गर्दै लेखेकी थिइन्, ‘हाम्रो बच्चा छिट्टै आउँदैछ’।



प्रतिक्रिया दिनुहोस्

Screenshot