काठमाडौं, २० कात्तिक । लौरो अभियानमा आवद्धहरुको हाम्रो नेपाली पार्टीले प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आज एक कार्यक्रमको आयोजना गरेर प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि तयार पारिएको प्रतिवद्धता पत्र सार्वजनिक गरिएको हो ।
अभियानले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि पार्टीले दिर्घकालिन निकाशसहितको दिर्घकालिन मास्टरप्लान बनाएर १ वर्ष, ५ वर्षको योजना बनाएर अगाडी बढ्ने राष्ट्रिय योजना तयार पारेको छ ।
त्यस्तै, ७ प्रदेशमा ६ वटा चक्रपथ निर्माण गरी तराई, पहाड र हिमाललाई जोडेर ७ वटा चक्रपथ तथा अध्यामिक मार्ग बनाइने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
यसैगरी, पार्टीले शिक्षा, स्वास्थ्यबीमा मार्फत निःशुल्क गरिने, प्रदेश सरकार र प्रदेश सांसद १०८ जना सांसद प्रत्यक्ष निर्वाचनबाट व्यवस्था गर्ने लगायतका अभियानका नीतिगत अवधारणा रहेका छन् ।
आगामी चुनावमा लौरो लिएर लड्न इन्छुक योग्य उम्मेदवारहरुका लागि अभियानले आवेदन खुल्ला समेत गरेको थियो ।