Logo

गाडी अनियन्त्रित हुँदा शिशुको निधन



काठमाडौं, २० कात्तिक । धनुषामा गाडी दुर्घटनामा परेर एक शिशुको मृत्यु भएको छ । बोलेर अनियन्त्रित भएर दुर्घटना हुँदा ११ महिने शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ना ३ च ३५७५ नम्बरको बोलेरो जनकपुरबाट ढल्केबरतर्फ जाँदै गर्दा लक्ष्मीनिया गाउँपालिका नजिक आज दुर्घटना भएको हो । गाडीमा सवार ६ जना गम्भीर घाइते भएका छन् । उनीहरुको उपचार सेन्ट्रल हस्पिटलमा भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्