Logo

प्रधानमन्त्री देउवाद्धारा सहिद भीमदत्त पन्त महाकाव्यको विमोचन



काठमाडौं, २० कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले व्यासाचार्य खेमराज ओझाले रचना गरेको ०१५ सालमा पहिलो प्रजातान्त्रिक संसद्मा निर्वाचित स्वर्गीय डम्बरबहादुर बम स्मृति ग्रन्थ तथा क्रान्तिकारी किसान नेता सहिद भीमदत्त पन्त महाकाव्यको विमोचन गरेका छन् ।

बृहत्त वाम लोकतान्त्रिक गठबन्धन डडेलधुरा आलिताल गाउँपालिकामा आज (आइतबार) आयोजित उक्त कार्यक्रममा प्रधानमन्त्री देउवाले उक्त कृतिको विमोचन गरेका हुन् ।

स्वर्गीय डम्बर बहादुर बमले राणाकालिन अवस्थामै बैतडीमा हाईस्कुलको स्थापना तथा विभिन्न समाजिक एवम् राजनीतिक योगदान पुर्याएका थिए ।

सहिद किसान नेता भिमदत्त पन्तले किसान आन्दोलन तथा लोकतान्त्रिक प्रणालीलगायत समानताका लागि अग्रसरता रही प्रजातन्त्रको लागि ठूलो योगदान पुर्याएको काङ्ग्रेसका युवा नेता शिरोमणि ओझाले बताए ।

संविधान रक्षाका लागि हो गठबन्धन : प्रधानमन्त्री



प्रतिक्रिया दिनुहोस्

Screenshot