Logo

नुवाकोट–१ राप्रपा नेपालकी उम्मेदवार न्यौपानेले एमालेलाई सहयोग गर्ने



काठमाडौं, २१ कात्तिक । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नुवाकोट–१ बाट उम्मेदवारी दिएकी राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालकी उम्मेदवार पुष्पा न्यौपानेले एमालेका उम्मेदवारलाई समर्थन गर्ने स्पष्ट पारेकी छिन् ।

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर न्यौपानेले पार्टी अध्यक्ष कमल थापाको निर्देशनमा नेकपा एमालेका उम्मेदवारलाई सर्मथन गरेको स्पष्ट पारिन् ।

प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएकी सोही क्षेत्रकी न्यौपानले भनिन्,‘पार्टीका अध्यक्ष स्वयं सुर्य चिन्हबाट चुनाव लडेको हुँदा, मैले पार्टीको निर्देशनअनुसार नुवाकोट–१ का सुर्य चिन्ह लिएर उम्मेदवारी दिएका एमालेका उम्मेदवारहरुलाई समर्थन गर्दछु ।’ उनले पत्रकारलाई केही प्रश्न भएमा पार्टीका केन्द्रीय अध्यक्ष थापासँग जवाफ लिन पनि आग्रह गरिन् ।



प्रतिक्रिया दिनुहोस्