Logo

महोत्तरी–२ का उम्मेदवार भण्डारीको पल्लाभारी, घरदैलोमा उत्रियो जनलहर



काठमाडौं, २१ कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेता तथा प्रतिनिधिसभााका लागि महोत्तरी–२ का गठबन्धनका उम्मेदवार शरदसिंह भण्डारीको घरदैलो कार्यक्रममा जनताको व्यापक सहभागिता देखिएको छ । भण्डारीको राजनीतिक व्यक्तित्व र छविकै कारण उनको जित सुनिश्चित् रहेको सो क्षेत्रका युवादेखि बृद्धहरुको दाबी छ ।

भण्डारीले आज लोहारपट्टीमामा आफ्नो घरदैलो गरेका छन् । भण्डारीले ‘बहिष्करणमा पारिएकाहरुलाई अधिकारसम्पन्न बनाउन’ आफूले सशक्त भूमिका खेल्ने बताएका छन् । विकासको लागि सुरुवातदेखि नै भण्डारीले सो क्षेत्रमा योगदान पुर्याउँदै आएका छन् । शिक्षा र स्वास्थ्यमा आगामी दिनमा अझै टेवा पुर्याउने उनको वचनबद्धता छ ।

लामो समय कांग्रेसको राजनीतिमा सक्रिय भण्डारीले मधेश आन्दोलनपछि भने फोरमबाट राजनीतिमा सक्रिय थिए । पछि राजपा नेपाल हुँदै जसपा र अहिले लोसपामा वरिष्ठ नेताको रुपमा सक्रिय छन् । आफ्नो लामो राजनीतिक जीवनमा भण्डारी धेरै पटक मन्त्रीसमेत भैसकेका छन् । भण्डारी कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमोर्चा र लोसपा सम्मलित सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।



प्रतिक्रिया दिनुहोस्