Logo

न्यायजुद्धारा लोसपाको उम्मेदवारी निष्क्रिय पारेर प्रकाशमान सिंहलाई समर्थन



काठमाडौं, २१ कात्तिक । लोकतान्त्रिक समाजवादी पार्टीबाट काठमाडौं १ बाट उम्मेदवारी दिएका प्रकाश न्यायजुले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका छन् ।

न्यायजुले आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका प्रकाशमान सिंहलाई समर्थन गर्ने बताएका छन् ।
सोही पार्टीका प्रदेशसभा १ का उम्मेदवार रणवीर सिंह क्षेत्रीले पनि आफ्नो उम्मेदवारी निष्क्रिय पारेर प्रदेशसभामा दीपेन्द्र श्रेष्ठलाई सहयोग जनाइएको छ ।

दुई जनाले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएपनि सोही क्षेत्रको प्रदेशसभा २ मा करण श्रेष्ठको उम्मेदवारी भने कायमै रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्