काठमाडौं, २१ कात्तिक । शेयर बजारमा आज सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसुचक आज ६ दशमलव ४३ अंकले घटेर १९५८ दशमलव ९४ विन्दुमा रोकिएको हो ।
त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव १९ अंकले घटेर ३८५ दशमलव ३३ विन्दुमा थामिएको हो ।
आज २२४ कम्पनीका २ अर्ब १० करोड ९१ लाख ६३ हजार ३ सय ८४ रुपैयाँ बराबरको ४९ लाख ४४ हजार ७६ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।