Logo

निर्वाचनपछि गठबन्धकै सरकार बन्छ, शंकर पोख्रेललाई सहजै हराउछु : रेखा शर्मा (भिडिओसहित)



काठमाडौं, २१ कार्तिक । नेकपा (माओवादी केन्द्र) की प्रभावशाली नेतृ एवम् आगामी निर्वाचनमा प्रतिनिधिसभाको लागि दाङ–२ की उम्मेदवार रेखा शर्माले लोकतन्त्र, संविधान र व्यवस्थालाई अझै मजबुद बनाउनको लागि आफ्नो उम्मेदवारी भएको स्पष्ट पारेकी छिन् । उनले मुलुकमा अब गठबन्धनकै नेतृत्वमा समृद्धिको यात्रा सुरु हुने स्पष्ट पारिन् ।

हिजो प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ शर्माले यस्तो बताएकी हुन् । उनले निर्वाचनपछि पनि गठबन्धनकै सरकार बन्ने दाबी गरिन् । उनले गठबन्धनको नेतृत्वमा केन्द्र र सात वटै प्रदेशमा सरकार बन्ने ठोकुवा गरिन् ।

उनले आफूले चुनाव जित्ने ठोकुवा गरे । उनले आफू राजनीतिमा सक्रिय रहँदासम्म जनताकै बीचमा रहेको भन्दै भोलि जितेर जाँदापनि जनतासँगको सम्बन्ध सुमधुर बनाउने विश्वास दिलाईन् । उनले आफूसँग पदभन्दा राजनीतिक एजेण्डा रहेकोले एमालेका महासचिवसमेत रहेका पोख्रेललाई सहजै पराजित गर्ने दाबी गरिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot