Logo

कांग्रेसको चुनावी गीत सार्वजनिक (भिडियोसहित)



काठमाडौं, २१ कात्तिक । नेपाली कांग्रेसले मंसिर ४ गते हुने निर्वाचन लक्षित गर्दै चुनावी गीत सार्वजनिक गरेको छ । आइतबार ‘सबै जिल्ला कांग्रेसको बनाऔं किल्ला’ बोलको चुनावी गीत सार्वजनिक गरिएको हो ।

प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनलाई केन्द्रीत गरी बनाइएको ‘‘सबै जिल्ला कांग्रेसको बनाऔं किल्ला’ बोलको पार्टीको गीतमा चर्चित गायक गायिकाहरु राधिका हमाल, कृष्ण रेउले, विद्या तिमल्सिना, सुमित्रा कोइराला र अलिफ खानको आवाज रहेको छ ।

सुबास केसीको शब्द र कृष्ण रेउलेको संगीत रहेको उक्त गीतमा कृष्ण पुनको म्युजिक एरेन्ज, सन्तोष पौडेलको ध्वनि मिश्रण रहेको छ । यो गीत म्युजिक बैंक नेपाल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । मौसम हिमालीले निर्देशन गरेको गीतको भिडियोको सम्पादन नविन घर्तिमगरले गरेका छन् । म्युजिक भिडियोमा कृष्ण रेउले,अर्जुन गिरी, सुबास केसी, रिना थापा,रुबिना अधिकारी,सन्ध्या सानू लगायतको अभिनय रहेको छ ।

भिडियो हेरौं

 



प्रतिक्रिया दिनुहोस्

Screenshot