Logo

ढकाललाई प्रचार गर्न नरोकेको डडेल्धुरा प्रशासनको स्पष्टिकरण



काठमाडौं, कात्तिक २२। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चुनाव लड्न डडेल्धुरा पुगेका स्वतन्त्र युवा उम्मेदवार सागर ढकालले आफूलाई प्रशासनले प्रचार प्रसारमा अवरोध गरेकोे बताएपछि डडेल्धुरा जिल्ला प्रशासन कार्यालयले त्यसको खण्डन गरेको छ ।

जिल्ला प्रशासनका प्रशासकीय अधिकृत हेमराज ढकालले वि,ज्ञप्ति जारी गर्दै आचारसंहिता भित्र रहेर चुनाव प्रचार गर्न कसैलाई अवरोध नगरिएको दाबी गरेका हुन ।

विज्ञप्तिमा जिल्लाभित्र रहेका सबै उम्मेदवारको सुरक्षामा पनि कुनै कमी हुन नदिने दाबी पनि गरिएको छ ।

स्वतन्त्र उम्मेदवार ढकालले भने प्रहरीले आफूलाई माइकिङ गरेर चुनाव प्रचार गर्न रोकेर र राष्ट्रिय झण्डा प्रयोग गर्न पनि पाईदैन भन्ने गरेको बताएका छन् । प्रहरीले सडकमा मात्रै नभई डाँडामा गएर माइकिङ गर्दा पनि रोकेको उनको आरोप छ ।

जिल्लाको सिंगो प्रशासन देउवाको टाङमुनि छिरेको भन्दै उनले सोमबार सर्वसाधारणसँग गुहार मागेपछि भने प्रशासन केही हच्किएको बताइएको छ ।

प्रतिनिधि सभाको एक क्षेत्र मात्रै रहेको डडेल्धुरामा सत्ता गठबन्धनबाट प्रधानमन्त्री देउवा चुनावी मैदानमा हुनुहुन्छ भने नेपाली कांग्रेस वीपीबाट कर्ण मल्ल तथा स्वतन्त्रबाट सागर ढकाल चुनावी मैदानमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot