Logo

‘मायाले मुलबाटो भुलेछ’ का गायक कुबेर राई अस्पतालमा भर्ना



काठमाडौं, २२ कात्तिक । गायक कुबेर राई स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । राईलाई उच्च रक्तचाप र हातखुट्टा चलाउनमा समस्या आएपछि ललितपुरको मेडिसिटी अस्पताल भर्ना गरीएको हो ।

परिवारको अनुसार उनको बायाँ हात र खुट्टामा पक्षघातको संकेत देखिएको र चलाउन असहज भएको हो । उनको अहिले अवस्था स्थिर रहेको छ । गायक राई पछिल्लो समय गाउँमा खेती गर्दै आएका छन् ।

राई सानै उमेरमा गीत संगितमा छुट्टै पहिचान बनाएका थिए । उनले ‘अन्तराल’, ‘निरन्तर’, ‘अविरल’, ‘आवृत्ति’, ‘मायाले मुलबाटो भुलेछ’, ‘टाढा भए के भो मायालु’ जस्तो लोकप्रिय गीतमा आवाज दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot