Logo

निर्वाचनपछिको सरकारको नेतृत्व कसले गर्छ भन्नेबारे सहमति भएको छैन् : प्रवक्ता महत



काठमाडौं, २२ कार्तिक । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचनपश्चात बन्ने सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे अहिले गठबन्धनभित्र कुनै सहमति नभएको स्पष्ट पारेका छन् । आज (मंगलबार) हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारको नेतृत्व गर्नेबारे नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दाबी नगरेको जिकिर गरे । उनले अहिले गठबन्धनभित्र प्रधानमन्त्रीको विषयमा कुनै सहमति नभएको जिकिर गरे । उनले निर्वाचनपछि बरु कांग्रेसकै नेतृत्वमा सरकार बन्ने संकेत गरे । file photo



प्रतिक्रिया दिनुहोस्