Logo

नेपाल–हंगेरी ऐतिहासिक सांस्कृतिक कार्यक्रम काठमाडौंमा सम्पन्न



काठमाडौं, २३ कात्तिक । नेपाल हंगेरी चेम्बर अफ कमर्सको आयोजनामा भएको नेपाल–हंगेरी ऐतिहासिक सांस्कृतिक कार्यक्रम भव्यताको साथ काठमाडौंमा सम्पन्न भएको छ। अन्तरदेशीय कला संस्कृति आदानप्रदान तथा कलाको संरक्षण गर्ने उद्देश्यले नेपाल–हंगेरी सांस्कृतिक आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो।

बरिष्ठ चलचित्रकर्मी तथा नेपाल हंगेरी चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष कृष्ण मल्लको सभापतित्वमा तथा हंगेरी कन्सुलर जनरल तथा उधोगपति अरुण कुमार चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिसेष अतिथिहरु हंगेरी राजदुताबास बाट मरियन यार्दो, चलचित्र द्वन्द कलाकार संघका अध्यक्ष नारायण प्रधान, समाजसेवी लायन महेन्द्र पौडेल, समाजसेवी अर्जुन खड्कालगायत अन्य बिशिष्ठ व्यक्तित्व, पत्रकार तथा दर्शकहरुको बाक्लो उपस्थित रहेको थियो।

मौलिक कला संस्कृति आदानप्रदान कार्यक्रमले गर्दा दुइ देशीय अन्तर सम्बन्धलाई प्रगाड बनाउने कुरा बक्ताहरुले कार्यक्रममा राखेका थिए भने नेपालमा संस्कृतिक कार्यक्रम गर्न पाउँदा हंगेरियन कलाकारहरुले खुशी ब्यक्त समेत गरेका थिए । लगातार १ घण्टा लामो प्रस्तुति दिएका हंगेरियन कलाकारहरुले उपस्थित दर्शकहरुलाई मन्त्रमुग्ध बनाएका थिए। उक्त कार्यक्रममा नेपालका कलाकारहरुले नेवारी तथा गुरुङ नृत्य प्रस्तुत गरेका थिए।

आगामी दिनहरुमा दुइ देश बीच यस्तै मौलिक कला संस्कृतिलाइ प्रोत्साहन गर्दै अघि बढ्ने तथा दुइ देश बीचको ब्यापार प्रबर्धनलाइ अझ सुदृड बनाउने र पर्यटनलाइ समेत टेवा पुग्ने कुरा नेपाल हंगेरी चेम्बर अफ कमर्सका महासचिब शान्त कुमार श्रेष्ठले बताएका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot