Logo

राप्रपाले वसन्तपुरमा कात्तिक २५ गते आमसभा गर्ने



काठमाडौं, २३ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा बृहत आमसभा गर्ने भएको छ । राप्रपाले कात्तिक २५ गते वसन्तपुरमा आमसभा गर्ने भएको हो ।

उपत्यकास्तरीय आमसभालाई अध्यक्ष राजेन्द्र लिङदेन र पार्टीका वरिष्ठ नेताहरुले सम्बोधन गर्ने जनाइएको छ ।
आमसभामा उपत्यकाका तीन जिल्लाका १५ प्रतिनिधि, ३० प्रदेश सभाका उम्मेदवारहरुले मतदानका लागि सामुहिक रुपमा अपिल गर्ने जनाइएको छ ।

निर्वाचन आयोगको अनुसार राप्रपा सबैभन्दा बढी उम्मेदवार उठाउने एमाले पछिको दोस्रो दल हो ।



प्रतिक्रिया दिनुहोस्