Logo

भुकम्पका गम्भिर घाइतेलाई धनगढी रिफर गरियो



काठमाडौं, २३ कात्तिक । डोटीमा भुकम्पमा परि गम्भिर घाइते भएका दुईजनालाई धनगढी लगिएको छ। जिल्ला अस्पताल डोटीमा त्यहाँ उपचार असम्भव भएपछि धनगढी अस्पताल रिफर गरीएको हो ।

चना बोहरा र बिष्ना बोहरालाई नेपाली सेनाको हेलिकपटरमा धनगढी लगिएको प्रहरीले जनाएको छ।

चनाको छातीमा हावा जमेको, करङ्ग भाँचिएको र घाँटीको हड्डी भाँचिएको छ भने विष्णाको हात भाँचिएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot