Logo

तलब मागेको भन्दै कपडा पसल मालिकले गरे कर्मचारीमाथि कुटपिट



एजेन्सी, २३ कात्तिक । भारतको त्रिपुराको अगरतलाको एक शोरुमका कर्मचारीले मालिकसँग तलब मागेपछि मालिकले उनलाई कुटपिट गरेका छन् । आरोपित मालिकले उनलाई थप्पड हानेर रडले कुटेका थिए । उक्त घटनाको भिडियो भाइरल भएपछि प्रहरीले कारबाही गरेको थियो ।

प्रहरीका अनुसार पीडित सुरजित आरोपी अपु साहको शोरुममा काम गर्थे । अपु साहसँग तीन महिनाको बक्यौता तलब माग्दा उनले अर्का कर्मचारी सागर दाससँग मिलेर दुर्व्यवहार गरेका थिए । पसल मालिकले कर्मचारीलाई फलामको रडले थप्पड हानेको क्यामेरामा कैद भएको छ ।

भिडियोमा पीडितले बारम्बार दयाको याचना गरिरहे पनि आक्रमणकारीमा त्यसको कुनै प्रभाव नपरेको देख्न सकिन्छ । उनीहरुलाई लगातार कुटपिट गरिरहन्छ । पीडितको शरीरमा कपडा छैन । सोही क्रममा शोरुम मालिकको हातमा फलामको रड छ, जसले उनलाई कुटिरहेको छ । एकपटक पीडितले फलामको रड समातेर भाग्न खोज्दा उनलाई थप्पड हानेको थियो ।

 

 

 



प्रतिक्रिया दिनुहोस्