Logo

सत्ता गठबन्धनका साझा उम्मेदवार रामहरिलाई लिखुमा भव्य स्वागत



ओखलढुंगा, २३ कार्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता रामहरि खतिवडाले सत्तागठबन्धनका उम्मेदवारहरू पराजित भएमा केपी ओलीको अधिनायकवाद फर्किनसक्ने भन्दै गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपिल गरेका छन् ।

आज (बुधबार) ओखलढुंगाको लिखु–५ मा आयोजित चुनावी सभामा नेता खतिवडाले सत्तागठबन्धनका लागि मत मागे । उनले विगतमा कांग्रेस हार्दा ओखलढुंगाको विकासले पनि हारेको बताए । आफू पराजित हुँदा पनि सधैँ ओखलढुंगाको विकासमा निरन्तर साथमा रहेको खतिवडाले बताए ।

प्रदेश सभातर्फ १ का उम्मेदवार प्रदीप सुनुवारले पनि सत्तागठबन्धनका उम्मेदवारहरूलाई ईमान्दारिताका साथ मतदान गरेर विजयी बनाउन आग्रह गरे । उनले कांग्रेस र माओवादी केन्द्रका उम्मेदवार ओखलढुंगामा रहेको भन्दै गठबन्धनको भावनाअनुसार सबैलाई मतदान गर्नुपर्ने बताए । प्रदेश सभातर्फ २ मा माओवादीका बाबुराम गौतम उम्मेदवार बनेका छन् । उनीहरू सबैलाई सत्तागठबन्धनको समर्थन छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot