Logo

टिकट दियो भने फेरि मुख्यमन्त्री हुन्छ भन्ने कतिपय नेतालाई त्रास हुन सक्छः त्रिलोचन भट्ट



काठमाडौं, २४ कात्तिक । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता त्रिलोचन भट्ट गठबन्धनका कारण आफूले टिकट पाउन नसकेको बताएका छन् ।

‘पार्टीले मलाई विश्वास नगरेको होइन, मुख्यमन्त्रीका रुपमा पाँच वर्ष काम गर्न दिएकै हो । तर संघ मेरो प्राथमिकतामा थियो । गठबन्धनका कारण टिकट पाउन सकिनँ । डोटीको संघको सिट हाम्रो भागमा नपरेपछि पार्टीले गरेको निर्णय मानेर बसेको छु,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै भट्टले भने ।

टिकट नपाए पनि अन्य पार्टीमा जाने कल्पना नगरेको उनले बताए । भट्टले भने, ‘२०६४ र २०७० मा मलाई पार्टीले टिकट दिएको थियो । दुवै पटक जित्न नसके पनि म विचलित भइनँ । मैले पाँच वर्ष मैले इमानदारीपूर्वक काम गरेको छु । पार्टीले मेरो परीक्षण गर्नुपर्थ्र्यो होला, तर मेरो चित्त दुखाइ छैन । कसै-कसैलाई फेरि मुख्यमन्त्री हुने त्रास पनि हुन सक्छ । म पार्टीको नेता हुँ । टिकट नपाउँदैमा मेरो राजनीति सकिँदैन । मैले कुनै पार्टीमा जाने कल्पना गरेको छैन ।’

 



प्रतिक्रिया दिनुहोस्