काठमाडौं, २४ कार्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ७५ जना नेता तथा कार्यकर्ताहरू नेकपा (एकीकृत समाजवादी) मा समाहित भएका छन् । आज (बिहीबार) नेकपा (एस) को केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रमका बीच अध्यक्ष माधवकुमार नेपालले नवप्रवेशीहरुलाई स्वागत गरेका हुन्ु ।
कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले पार्टीमा समाहित भएका नेता कार्यकर्ताहरुलाई उचित भूमिका दिइने भन्दै आसन्न निर्वाचनलक्षित कार्यक्रममा लाग्न र पार्टीका प्रत्यक्ष तथा समानुपातिक सहित बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई जिताउन लाग्न निर्देशन दिए ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य डिकेश लामा, हरी खड्का सहित ७५ वढी नेता कार्यकर्ताहरु एकीकृत समाजवादीमा समाहित भएका हुन् । कार्यक्रममा बोल्दै लामाले कम्युनिष्ट पार्टीको रक्षा नेकपा एकीकृत समाजवादीबाट मात्र सम्भव भएको निश्कर्षसहित आफूहरु समाहित भएको बताए ।