Logo

जया बच्चनले कंगनालाई किन बेवास्ता गरिन्



एजेन्सी, २४ कात्तिक । बलिउड मेगास्टार अमिताभ बच्चनको आगामी फिल्म ‘उचाई’ को बुधबार राति विशेष स्क्रिनिङ आयोजना गरिएको छ । कार्यक्रममा कंगना रनौत, अभिषेक बच्चन लगायत धेरै सेलिब्रेटीहरु सहभागी थिए । अहिले यो स्क्रिनिङको भिडियो सार्वजनिक भएको छ, जसमा जया बच्चन कंगनालाई बेवास्ता गर्दै देखिएकी छिन् ।

जया स्क्रिनिङमा पहिले पुग्दा कंगना पनि उनको पछाडि देखिइन् । जब फ्यानहरुले कंगना–कंगना कराउँदै थिए, जयाले कंगनालाई बेवास्ता गर्दै भाग्यश्रीलाई अँगालो हालेको देखिन्छ। त्यसपछि कंगनाले जयालाई नमस्ते गरेपछि उनी कुनै प्रतिक्रिया नदिई अगाडि बढिन् । भिडियोमा अनुपम खेरले जयालाई कंगनालाई भेट्न आग्रह गरे तर उनी फर्किन् ।

यो भिडियो सार्वजनिक हुने बित्तिकै फ्यानहरूले जयाको प्रतिक्रियालाई तुरुन्तै याद गरे र उनीहरूको नजर त्यसमा अड्कियो। यसै क्रममा यस स्क्रिनिङको अर्को भिडियो पनि सार्वजनिक भएको छ, जसमा अभिषेक बच्चन कंगनासँग अँगालो हालेको र हाँसेको देखिन्छ ।

फिल्मको स्क्रिनिङमा कंगना र जया बाहेक अन्य कलाकारहरु पनि उपस्थित थिए । जसमा रानी मुखर्जी, काजोल, सलमान खान, रितेश देशमुख र शहनाज गिल जस्ता सेलिब्रेटीहरू थिए। फिल्म ‘उचाई’मा अमिताभ बच्चन र नीना गुप्ताका अलावा परिणिती चोपडा, अनुपम खेर, बोमन इरानी, ड्यानी डेन्जोङ्पा र सारिकाको मुख्य भूमिका छ । सुरज बडजात्याले निर्देशन गरेको यो चलचित्र चार साथीको कथा हो । चलचित्र नोभेम्बर ११ मा हलमा रिलिज हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot