काठमाडौं, २४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले कपिलबस्तु जिल्ला सचिवालय सदस्य टुकलाल पुनलाई बिप्लवको पार्टीका कार्यकर्ताले सांघातिक हमला गरेकोमा आपक्ति जनाएको छ ।
आज अनामनगरस्थित संवाद डबलीमा पत्रकार सम्मेलनमा बोल्दै पार्टीका संयोजक धर्मेन्द्र बास्तोलाले बिप्लवले आफ्नो चरित्रमा परिवर्तन नगरे समाप्तिको बाटोमा जाने निस्चित रहेको बताए । बिप्लव पार्टी भन्दा पनि ब्यक्त्तिगत स्वार्थमा फस्दै गएको र त्यसले क्रान्तिको यात्रा पुरा गर्न नसक्ने उनले जिकिर गरे । उनले देशै भरका कार्यकर्ताहरु सचेत हुन आग्रह गर्दै बिप्लवको पार्टीमा आबद्ध भएकाहरुलाई पनि आफ्नो पार्टीमा आउन आग्रह गरे ।
बिप्लव नेतृत्व नेकपाका कार्यकर्ताहरुले गत असोज २२ गते पुनकै घरभित्र पसेर आक्रमण गरेका थिए ।
कार्यक्रममा पार्टीका संयोजक बास्तोला (कन्चन), प्रवक्त्ता हेमन्त प्रकाश ओली( सुदर्शन), केन्द्रीय सदस्य पुर्ण सिंह, कपिलबस्तु जिल्ला सचिवालय सदस्य टुकलाल पुनलगायतको उपस्थिति थियो । Photo : Mukunda Kalikote/Reportersnepal.com