Logo

शेयर बजारमा आज २३ अंकको गिरावट



काठमाडौं, २४ कात्तिक । साताको कारोबारको पाँचौ दिन आज शेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।

नेप्से परिसुचक २३ दशमलव ५२ अंकले घटेर १८९३ दशमलव ७० विन्दुमा थामिएको हो । त्यस्तै शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ४ दशमलव १७ अंकले घटेर ३७२ दशमलव ३७ विन्दुमा रोकिएको हो ।

आज २ सय २६ कम्पनीका १ अर्ब ११ करोड ९४ लाख ६१ हजार ४ सय ११ रुपैयाँ बराबरको ३१ लाख १४ हजार ६ सय ८९ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot