एजेन्सी, २४ कात्तिक । मिथुन चक्रवर्ती, सनी देओल, सञ्जय दत्त र ज्याकी श्राफ ८० र ९० दशकका यी चार कलाकारको नाम हो । एक्सन र ड्रामा विधामा यी चार कलाकारले धेरै हिट फिल्म दिए र आज पनि फ्यानको कुनै कमी छैन ।
हिन्दी सिनेमाका चार हस्ति अब एउटै फिल्म ‘बाप’मा सँगै देखिने भएका छन् । अहमद खानको निर्माण तथा विवेक चौहानको निर्देशनमा बनेको यो चलचित्रको छायांकन सकिएसँगै अहिले प्रमोशनल क्याम्पेन सुरु भएको छ, जसअन्तर्गत उनको लुक्स र पात्रलाई दर्शकमाझ प्रस्तुत गरिएको छ । यसै क्रममा बिहीबार सन्नी, मिथुन, सञ्जय र ज्याकीको क्यारेक्टरको नाम र लुक्स सार्वजनिक भएको छ ।
सञ्जय दत्तले सामाजिक सञ्जालमा चारवटा पोस्टर सेयर गर्दै रोचक क्याप्सनमार्फत परिचय दिएका छन्, जसमा लेखिएको छ– खलनायक या नायक, मच्चा देंगे गदर…कोइ शंका! क्याप्शनका चार शब्दहरू यी कलाकारहरूको फिल्मको शीर्षक र संवादसँग सम्बन्धित छन् र केही समान सम्बन्ध यी सबैका पात्रहरूको नामसँग पनि छ।